जब अज्ञात व्यक्तिले औषधि पसलमा पेट्रोल छर्केियाे

जनकपुरधाम ,जनकपुरको प्रादेशिक अस्पताल अगाडि रहेको कल्पना मेडिकल औषधि पसलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन्।

बिहीबार मध्यराति पेट्रोल र मट्टितेल छर्केर पसलमा आगो लगाएको देखिएको छ। पसलमा रहेको औषधि जलेर नष्ट भएको छ। करिब १० प्रतिशत जति औषधि मात्र काम लाग्ने अवस्थामा रहेको पसल संचालले बताएका छन्। पसलको पछाडिमा रहेको झ्यालमा कपडा कोचेर आगो लगाएको देखिएको संचालक सरोज कुमार साहले बताए। उनका अनुसार आगोले जलेर करिब ९० लाखभन्दा बढीको औषधि नष्ट भएको छ।

‘राति १ बजे छिमेकीले पसलमा आगो लागेको भनेर खबर गरे’, संचालक साहले भने, ‘म पसल आइपुग्दा आगोले सबै बर्बाद बनाइसकेको थियो। म आउनुअगावै प्रहरीले सटर फोडेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।’ आगजनी कसले गरेको विषयमा केही खुल्न सकेका छैन। आगो लगाएको देखिएको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।