पचालझरनाको बारपोतमा बन्यो स्वास्थ्य चौकी,यसरी गरियो उदघाटन
प्रकासित मिति : २०७६ माघ १६, बिहीबार १४:००
प्रकासित समय : १४:००
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ८ मा स्वास्थ्य चौकी उदघाटन गरिएको छ । गाउँपािलकाको आर्थिक सहयोगमा वडा नं ८ बारपातेमा निर्मीत स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उदघाटन गरिएको हो ।
कुल ३७ लाख बजेटमा निर्मित भवन प्रेम निमार्ण सेवा कालिकोटले लिएको गाउँपालिका प्रबक्ता अरुण रोकायले जानकारी दिए । रोकायका अनुसार प्राथामीक स्वास्थ्य चौकीका रुपमा रहेको भवन अषाढबाट निमार्ण सुरु गरिएको थियो ।
गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यता भवनको उदघाट्न भएको हो । ३७ लाख २२ हजार ६ सय ९३ रुपैयाँको लागतमा भवन निर्माण भएको प्रबक्ता रोकायाले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिका जनताबिच खाएका बाचाहरु पुरा गर्नेमा आफु प्रतिबद्ध भएको कुरा जिकिर गरे ।।