सार्वजनिक ठाउँका होर्डिङबोर्ड हटाउन निर्देशन

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ ले वडाभित्रका सार्वजनिक ठाउँमा जथाभावी टाँसिएका होर्डिङ बोर्ड,प्लेक्स, ब्‍यानर र भित्तेलेखन ७ दिन भित्रमा हटाउन विज्ञापन टास्ने व्यक्तिलाई निर्देशन दिएको छ।

 

नगर सफाइमा बाधा पुर्‍याएको भन्दै वडाले मंगलबार पत्रमार्फत सूचना जारी गरी निर्देशन दिएको हो। ‘गोकर्णेश्वर नगरपालिका वडा ५ भित्र सार्वजनिक ठाउँ पर्खाल,वालमा जथाभावी प्लेक्स बोर्ड,ब्‍यानर,भित्तेलेखन गरी विज्ञापन गरिएको र नगर सफाइमा बाधा पुगेको हुँदा उक्त विज्ञापन ७ दिन भित्रमा स्वंय आफूले नै हटाइदिनु हुन ।

र विज्ञापन राख्नुपर्ने भए वडासँग अनुमति लिई मात्र राख्नुहुन सम्पूर्णमा सूचित गरिन्छ’ पत्रमा उल्लेख छ। तोकिएको समयभित्रमा विज्ञापनका बोर्डहरू नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०४४ अनुसार कारबाही गरिने पनि पत्रमा उल्लेख छ।