दुई नेपालीले गुमाए जापानको भिषा
प्रकासित मिति : २०७६ माघ १६, बिहीबार ११:२६
प्रकासित समय : ११:२६
काठमाडौं लाल,सुकुटी र आलो मासुको चले दुई नेपालीले जापानको भिषा गुमाएका छन ।
जापानले प्रतिबन्धित बस्तुको सूचिमा राखेको आलो मासु र सुकुटी लिएरै बिमानस्थलमा पुगेका उनिहरुको भिषा रद्द गरिदिएको हो । टन्न कमाउने सपनासहित जापान पुगिसकेका उनिहरुको ३ बर्षे भिषा नै रद्द भएपछि स्वदेश फर्किएका छन ।
चितवनमा बसोबास गर्दै आएका भट्टराई थरका उनिहरु बाबु छोरा हुन । उनिहरुको अन्य विवरण खुलाइएको छैन । उनीहरुले सुटकेसमा करिब ३ किलो सुकुटी र ३ किलो आलो मासु, हरियो तथा धुलो खुर्सानी लगायतका खानेकुरा लगेका थिए ।