रहेनन् स्वतन्त्रता सेनानी चाचाजी

बाँके, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘पन्ना चाचा’को नेपालगञ्जमा निधन भएको छ । ९२ वर्षीय गुप्तको उपचारका क्रममा बुधबार साँझ साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा निधन भएको हो।नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष झलक गैरेले अचानक वान्ता भएपछि गुप्तलाई अस्पताल लगिएको र त्यसको केहीबेरमै चिकित्सकले मृत घोषित गरेको बताए।

नेपालगञ्जमा पत्रकारिता गर्ने हरेकका लागि प्रेरणा बन्दै आएका गुप्त प्रजातान्त्रिक आन्दोलनमा समेत निरन्तर लागिपरेका पत्रकार हुन्।

अहिले उनको पार्थीव शरीरलाई नेपालगञ्ज रानीतलाउ स्थित घरमा राखिएको छ। भोलि, बिहिवार श्रद्धाञ्जली सभापछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।