विश्वविद्यालय प्रदेश सरकारको प्राथमिकतामा पर्छ : उपसभामुख घर्ति
सुर्खेत, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ति मगरले मध्यपश्चिम विश्वविद्यालयको शैक्षिक उन्नतिका लागि कर्णाली प्रदेश सरकारले प्रथामिकतामा राख्ने बताएकी छिन् ।
मध्यमश्चिम विश्वविद्यालयका नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा बृहत सास्कृतिक कार्यक्रममा उनले उक्त कुरा वताएकी हुन् ।
साथै, उनले बिश्वबिद्धालय उच्च स्तरको जनशक्ति उत्पादन गर्ने विद्याको थलो भएकोले सरकारले यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाइन् ।
त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालय छात्रा एकता समाजकी सल्लाहकार तिर्सना हमालले विश्वविद्यालयको सस्थागत गर्न एकातिर सवैको काधमा भएको भएपनि आधारभुत व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताइन् ।
उनले विश्वविद्यालयले शौचालय सहितका साना-साना बिषयमा पनि ध्यान दिन जरुरी रहेको उनले बताइन् । 
साथै,आधारभुत व्यवस्थापन विना शैक्षिक गुणस्तर बलियो नहुने वताउदै यस बिषयमा विश्वविद्यालय प्रशासन, शिक्षक विद्यार्थी र कर्णाली प्रदेश सरकार सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएकी छिन् ।
छात्रा एकता समाजका अध्यक्ष ममता खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि विश्व विद्यालयका डिन अनन्तराज घिमिरे, देवबहादुर खडका सहितका विभिन्न प्राध्यापकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

