हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं,केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आफ्नै साथीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

व्यूरोको टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ देबढोकाबाट पर्साको वीरगंज महानगरपालिका-१६ मुरली पोखरीका ३५ वर्षीय मो. फिरोज मिया राइनलाई पक्राउ गरेको हो । २०७२ माघ २९ गते ललितपुरको ललितपुर उपमहानगरपालिका-३ धोबिघाटस्थित निर्माणाधिन

घर कुर्न बसेका ३० वर्षीय सुरेश कुमार साह कानुको हत्या आरोपमा राइन पक्राउ परेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी विवाद हुँदा राइनले ईट्टा तथा फलामको रडले प्रहार गरी कानुको हत्या गरी फरार भएको थिए ।