६ दिनअघि हराएका थापाको शव भेटियो

गोरखा, गत बिहीबारदेखि हराएका शहीद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षीय काजिराम थापाको शव फेला परेको छ।

थापाको शव मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार थापा गत बिहीबारदेखि परिवारको सम्पर्कमा आएका थिएनन्। ‘

थापा हराएको जानकारी पाउनासाथ हामी खोजीमा जुटेका थियौं, आज बिहान उहाँको शव फेला परेको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ माघ ९ गते काठमाडौंबाट गोर्खा फर्केका थापा घर नपुगेपछि परिवारले प्रहरीमा खोजीका गरिदिन निवेदन दिएका थिए।