टिपरले किचेर युवकको मृत्यु, चालक पक्राउ
प्रकासित मिति : २०७६ माघ १४, मंगलवार १३:४३
प्रकासित समय : १३:४३
सुर्खेत ,वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।
कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।
मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।