नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न, अध्यक्षमा चुन्ना
नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनवाट ३ वर्षे कार्यकालको लागी अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्ष पदमा निर्वाचित भएकाछन् ।शनिबार सम्पन्न निर्वाचनको मत गणनाको अन्तिम परिणाम अनुसार चुन्नाले १५१० मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्धन्दी ललित कुमार रौनीयारले १२३४ मत मात्र ल्याए ।
उपाध्यक्ष पदमा उद्योग तर्फबाट आदेश कुमार अग्रवाल निर्वाचित भए भने बाणिज्य तर्फबाट अमित बस्नेत निर्वाचित भए ।
निर्वाचनमा सामावेशी र साझा प्रजातान्त्रीक प्यानल बनाएर निर्वाचनमा भिडेका नेपालगन्जको ब्यवसायीहरुमा समावेशी प्यानललाई नेपाल कम्युनिष्ट पार्टी नेकपा, संघिय समाजबादी फोरम लगायतका राजनितीक पार्टीको समर्थन रहेको थियो भने साझा प्रजातान्त्रीक प्यानललाई नेपाली कांग्रेस र राप्रपाको समर्थन रहेको थियो ।
अध्यक्ष चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाएका थिए । उपाध्यक्षमा अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बनेका थिए ।
संघको निर्वाचन परिणाम अनुसार १२ जना सदस्यका लागि भएको निर्वाचनमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा साझा प्रजातान्त्रिक समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी भएका छन् ।
त्यसैगरी, एसोसियट तर्फ साझाबाट संजय अग्रवाल र समावेशीबाट दिपेन्द्र बिष्ट निर्वाचित भए भने बस्तुगत तर्फ साझाबाट सलाउद्दीन जसगढ निर्वाचित भए । अर्को बस्तुगत सदस्यको मत बराबर भएको निर्वाचन समितीले जनाएको छ ।
निर्वाचन समितीले अन्तीम परिणाम भने घोषणा गरेको छैन । केहि छुटेको र सहमती कायम गर्नुपर्ने मत गणना गरेपछि परिणाम घोषणा गरिने जनाईएको छ ।