राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचिन अग्‍नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारवादीहरुलाई प्रहरीलेनियन्त्रणमा लिएको जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमाद्वन्द्वपीडित पूर्णीमाया लामा, एमनेष्टी इन्टरनेशनलका निराजन थपलिया, प्रसाई, द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत छन्। पूर्णीमाया द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती हुन। लामालाई सभामुख सापकोटाले हत्या गरेका आरोप लागेको छ। सोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। पूर्णिमायाको धर्ना दिने कार्यक्रममा साथ दिन अन्य मानवअधिकारीबादीहरु राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए।

अन्यमा महामुनिश्वर आचार्य, एलिना गौतम, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेसेलिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्।