नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा मन्सुरीको प्यानल विजयी“

बाँके, नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेतृत्वको प्यानल स्पष्ट बहुमतसहित विजयी भएको छ।

गएराति सम्पन्न मतगणना अनुसार चुन्नाले साझा प्रजातान्त्रिक प्यानलका ललितकुमार रौनियारलाई २ सय ७७ मत अन्तरले पराजित गरि अध्यक्ष पदमा विजयी भएका हुन्। चुन्नाले एक हजार ५ सय १० मत ल्याए। उनका प्रतिष्पर्धी रौनियारले एक हजार २३४ मत प्राप्त गरे।