अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना

काबुल,अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ ।

तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको त्यहाँको प्रान्तीय प्रवक्ता आरिफ नुरीले जानकारी दिएका छन् ।प्रान्तीय प्रवक्ताले प्राविधिक गडबडीका कारण विमानमा आगो लाग्न पुगेको जनाएका छन् । विमान दुर्घटनामा परेर भएको क्षति तथा यात्रुहरुको अवस्थाबारे भने कुनै विवरण प्राप्त हुन सकेको छैन ।