आफु नलुकेको भन्दै अमेरिकामा रहेकी उपप्रमुख दर्शनाले भनिन्,‘म हराएको छैन’

काठमाडौं,पछिल्लो समय अमेरीका गएर लुकेको भन्दै चार्चमा आएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) ले समाचारको खण्डन गर्दै प्रतिक्रिया जनाएकी छन् । आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको स्पष्ट गरेकी छन् ।

आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको प्रष्ट्याएकी हुन् । ‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन’, उनले लेखेकी छन्, ‘म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’उनले चौबिसै घण्टा मदिरामा डुब्ने मेयर भन्दै मेयरले आफ्नो फोन नउठाएको बताएकि छन् । उनले लेखेकि छन्, “म आराम छैन । तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ । ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आएर बुझ्दै छु ।”

अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली फर्किएकी छैनन् । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उनले समाचारको खण्डन गरेकी छन् । उपप्रमुख नेपालीले आफ्नो स्वास्थ्यमा सामान्य सुधार भएको तर चिकित्सकले निको हुन अझै पाँच महिना लाग्ने बताएको उल्लेख गरेकी छन् । ’अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ अलिअलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जिर कुमारले गर्दै हुनुहुन्छ । म पूर्णरुपमा निको हुन अझै समय लाग्छ ।’

अमेरिकाबाट मेयरलाई बारबार फोन गर्दा केही प्रतिक्रिया नआएको गुनासो पनि उनले गरेकी छन् । यता मेयरले भने नेपालीले आफूलाई गएको केहि दिनपछि एक पटक फोन सम्पर्क गरेको भए पनि त्यसपछि सम्पर्कविहीन भएको बताएका थिए ।

यस्तो छ उपप्रमुख नेपालीको  स्टाटस