पोखरा विमानस्थलबाट २९ राउण्ड राइफलको गोलीसहित एक पक्राउ

पोखरा,२२ बोरको राइफलमा प्रयोग हुने २९ राउन्ड गोलीसहित जहाज चढ्न लागेका एक व्यक्तिलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाटै पक्राउ गरेको छ । पोखरा १७, रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनी यती एयरको बिहान १०:१५ को उडानबाट काठमाडौं जाँदै थिए ।

विमानस्थलमा जाँचका क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको डीएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार गोली के प्रयोजनका लागि कता लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको छ ।