सापकोटा प्रति चित्रबहादुरको विरोध

काठमाडौँ ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति विरोध जनाएका छन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्णय गरेको छ । ज्यानसम्बन्धी मुद्दाको आरोप लागेका सापकोटालाई सत्ताको दबाबको कारण उनी उपर उजुरी प्रहरीले दर्ता नगरी कानुनको गम्भीर उल्लंघन भएको छ ।

’सर्वोच्चमा परेको रिटको पेशी बारम्बार सारेर त्यस सम्बन्धी न्यायोचित कारबाहीलाई अवरुद्ध गर्ने काम भएको भन्दै केसीले त्यस प्रकारको पृष्ठभूमिमा सापकोटालाई सभामुख पदमा निर्वाचित गरिनु गलत भएको बताएका छन् ।आइतबारै सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भइसकेका छन् ।