अग्नि सापकोटाको सुनुवाइ स्थगित, सभामुख बन्‍ने निश्चित

काठमाडौं,प्रतिनिधिसभाको सभामुखमा नेकपाको स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख हुने निश्चित जस्तै भएको छ। सभामुखको एकल उम्मेदवार सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएर आइतबारको सुनुवाइ स्थगित भएपछि सापकोटा सभामुख बन्ने निश्चित भएको हो।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेका रिटमा सर्वोच्चका न्यायाधीस फुँयालले हेर्न नमिल्ने भएपछि दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ। सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुअघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले उनले मुद्दा हेर्न नमिल्ने भएको हो।

आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो। सापकोटाविरुद्ध द्वन्‍द्वकालमा काभ्रेको दाप्चाको अर्जुन लामाको हत्या आरोप सवोच्वमा विचाराधीन छ। सभामुखको उम्मेदवारमा सापकोटाको एकल उम्मेदवारी परेको छ। आइतबार ३ बजे सभामुख निर्वाचनको लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि करिब ४ महिनादेखि सभामुख पद रिक्त रहँदै आएको छ।

यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए । पहिले सापकोटा विरुद्ध नै सर्वोच्चमा बहस गरेका फुयाँल यतिबेला न्यायाधीश भइ सर्वोच्चमै कार्यरत छन् । त्यसकारण आफूले पहिले सापकोटाकै विरुद्धमा बहस गरेको कारणले पनि अहिले फुयाँलले उक्त मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

सापकोटाको मुद्दा आज हेर्न नमिल्नेमा परेको कारण आजको पेशी स्थगित भएको छ । यता सापकोटा आज नै सभामुखमा चयन हुँदैछन् ।