नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन मतदान सम्पन्न,२९ सय १९ मत खस्यो

बाँके, नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजेदेखी सुरु भएको मतदान सम्पन्न भएको हो । उद्योग बाणीज्य संघ १९ जनाको लागी करिब २९सय १९ मत खसेको छ । मतदान सम्पन्न भयको छ ।  करिब ३हजार ५० मतदातामा २९ सय १९ मत खसेको हो ।

 

बेलुका ५ बजे सम्म सन्चालन भयको मतदानमा ९५ प्रतिशत मत खसेको निर्वाचन ण्डलले जनाएको छ । भने मतदान शान्त र सवार्दपुण तरिकाबाट अगाडि बढेको निर्वाचन अधिकृत टिका जंग शाहीले जानकारी गराए । निर्वाचनमा सहज र सरल तरीकाले गराउन १२ वटा बुथ सन्चालन गरिएको थियो भने बाक्लो मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको थियो । चुनाव मतगणना भोलि बिहानबाट सुरु गर्ने बताइएको छ । निर्वाचनमा समाबेशी प्यानल र प्रजातान्त्रीक प्यानलबाट प्रतिस्पर्दा भएको छ ।