समृद्धीका लागि मानशिक्तामा परिर्वतन ल्याउन जरुरी छ – अध्यक्ष बम
प्रकासित मिति : २०७६ माघ ११, शनिबार १६:५३
प्रकासित समय : १६:५३
कालिकोट, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले समृद्धीका लागि पहिला मानशिक्ता बदल्न जरुरी रहेको बताएका छन । सुर्खेत बिरेन्द्रनगरमा कालिकोट सेवा समाजको आयोजनामा भएको हाम्रो सरोकार हाम्रो चासो ,सुचना र शुसासन युवाको नासो, भन्ने मुल नाराका साथ जनप्रतिनिधिसंग चियापान तथा अन्तरक्रिया कार्यक्रममा पलाँता गाउँपालिका अध्यक्ष बमले उक्त कुरा बताएका हुन ।
बमले कुरा राख्दै भने साच्चै देसलाई समग्र परिवर्तनकारी दिशामा बढाउने हो भने पहिला मानसिक्तामा परिबर्तन हुनुपर्नेमा जोड दिए । उनले भने छिटो छरितो काम र बिकास गर्न मान्छेको मानसपटल परिवर्तन गरेर समृद्ध हुने धारणा राखे । उक्त कार्यक्रममा माननीय कुर्मराज साहीको प्रमुख आतिथ्यतामाम भएको कार्यक्रममा कालिकोटका सम्पुर्ण स्थानीय निकायका प्रमुख जनप्रतिनिधि र उप प्रमुखहरुको सहभागिता रहेको थियो ।