नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचन- मतदान जारी २२ सय मत खस्यो

नेपालगञ्ज,नेपालगञ्ज उद्योग बाणीज्य संघको निर्वाचनमा ४ बजेसम्म बजे सम्म २२ सय मत खसेको छ ।  मतगणना भोलि भेरी प्राबिधिक शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी हुने बताइएको छ ।

उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान भइरहेको छ । आज भएको निर्वाचनमा नेपालगञ्ज करिब ३ हजार ५० मतदाताले भोट गर्दै छन । यो समचार तयार पार्दासम्म २२ सय मत खसेको छ भने मतदान शान्त र सवार्दपुण तरिकाबाट अगाडि बढेको निर्वाचन सहायक  निर्वाचन अधिकृत शान्ता पोखरेलले जानकारी गराईन ।

निर्वाचनमा सहज र सरल तरीकाले गराउन १२ वटा बुथ सन्चालन गरिएको छ भने बाक्लो मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको छ । मतदान ५ बजेसम्म हुने र माहोल बुझेर मतगणना सुरु गर्ने जनाएको छ ।