अखिल क्रान्तिकारी जाजरकोटको १९औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शाही

जाजरकोट, विप्लव नेतृत्वको नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) जाजरकोटको १९अौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।शैक्षिक दलाल, भष्ट्रचारी र फासिबादको बिरुद्ध शसक्त आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षा र सृदृढ संगठनका लागी १९अौँ जिल्ला सम्मेलन भन्ने मुला नाराका साथ सम्पन्न जिल्ला सम्मेलनले बिजय शाहीको अध्यक्षतामा १५ सदस्य जिल्ला समिती चयन गरेको छ ।

सम्मेलनबाट निर्वाचित अध्यक्ष बाहेक अन्य पदाधिकारीको र जिल्ला सदस्यहरुको नाम गोप्य राखिएको छ ।

सम्मेलनको प्रमुख अथिती संगठनका केन्द्रीय सदस्य प्रेम बहादुर शाही रहेका थिए । साथै बिशेष अथितिमा नेपाप कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला सेक्रेटरी संगम र अन्य अथितीहरुमा संगठनका केन्द्रीय सदस्य मदन चन्द लगायतको उपस्थिति रहेको थियो ।

संम्मेलनको अध्यक्षता भने सम्मेलन आयोजक समिति अध्यक्ष धनजित महरले गरेका थिए ।

निर्वाचित अध्यक्ष शाहीले जिल्लाको शैक्षिक क्षेत्रका बिकृति र बिसंगतीको बिरुद्ध भण्डाफोर गर्न शक्तत आन्दोलन थाल्ने वताए ।

सम्मेलनका केही तस्वीर