चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

बेइजिङ, चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डा. लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिज नेटवर्कले जनाएको छ ।   कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन् ।

योसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । त्यस्तै एक हजार दुई सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । नेपालमा पनि कोरोना भित्रिएको पुष्टि ‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ ।

चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्‍यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन । थप नेपालीमा पनि कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको छ ।