हतियारसहित विप्लबका कार्यकर्ता पक्राउ
प्रकासित मिति : २०७६ माघ ७, मंगलवार १४:०५
प्रकासित समय : १४:०५
संखुवासभा : संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका ५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
तमाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको हो। उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटर सहित विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने तारहरु सहित पक्राउ गरिएको हो।
त्यस्तै सेनाको डिस्पोजल टोलीले त्यहाँ रहेका विस्फोटक पदार्थहरु डिस्पोज गरेको छ। घटनास्थल सदरमुकामबाट एकदिनको पैदल यात्राको दुरीमा छ। पक्राउ परेका तामाङलाई प्रहरीले सदरमुकाम ल्याउँदै छ।