स्वास्थ्य अनुसन्धान परिषदबाट निकालिए ५७ कर्मचारी

काठमाडौं ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विभिन्‍न परियोजनामा आवद्ध ५७ कर्मचारीलाई एकैपटक ‘आउट’ भएका छन्।

स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले ती कर्मचारीको नियुक्ति प्रक्रिया नै गलत भएको भन्दै एकैपटक ‘आउट’ गर्न निर्देशन दिएको हो। मन्त्रालयको निर्देशनात्मक पत्र देखाउँदै परिषदले गत आइतबारबाट ती कर्मचारीलाई बोलाएर बिदा गरेको समेत परिषद्ले जनाएको छ। माघ १ देखि करार नवीकरण गर्नुपर्नेमा मन्त्रालयलबाट करार नवीकरण नगर्नु भन्दै निर्देशनात्कम पत्र आएपछि कर्मचारीहरूलाई बिदा गर्नु परेको परिषद्ले जनाएको छ।

एकैपटक धेरै कर्मचारी आउट भएपछि हाल परिषद्ले गर्नै आएको विभिन्‍न अनुसन्धान कार्यक्रमको पूर्णतामा असर पर्ने परिषद्ले जनाएको छ। मेन्टल हेल्थ, स्टेप्स सर्भेलगायत विभिन्‍न परियोजनाका लागि लिएका ५७ जना कर्मचारी बिदा भएका हुन्। ‘माघ १ देखि नवीकरण गर्नुपर्ने थियो। तर, त्यसलाई निरन्तरता दिइएन।

एकैपटक ५० देखि ५५ जना यस्ता कर्मचारीको करार सम्झौता थपिएन’, परिषदका कर्मचारी प्रशासनले भन्यो परिषद्मा अनियमितता भएको भन्दै उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो। त्यो समितिले अनुसन्धान परिषदमा विभिन्‍न खालका त्रुटिहरू भएको औँल्याएको थियो। त्यसैमध्येको एक कर्मचारी भर्ना प्रक्रिया पनि हो। परिषदले भने परियोजनाअनुसार छोटोछोटो अवधिका लागि कर्मचारी लिनुपर्ने भएकोले पत्रिकामा निकाल्नेलगायतका प्रक्रिया नगरिएको बताएको छ।