स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण

अमगरढी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन् ।

डडेल्धुरा भ्रमणमा रहेका मन्त्री ढकालले मंगलबार डडेल्धुरा अस्पतालको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ढकालले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिएका अस्पतालका प्रमुख मेडिकल अधिकृत डा जगदिशचन्द्र विष्टले जानकारी दिए ।

मन्त्री ढकालले अस्पताललाई आगामी दिनका कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा सर्वपक्षीय छलफल समेत गरेका थिए ।उनले बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर स्वास्थ्यचौकी खोड्पेको नवनिर्मित भवन उद्घाटन तथा ट्रमा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम समेत रहेको सांसद दामोदर भण्डारीले जानकारी दिए ।