मयुरका पखेटा बरामद
प्रकासित मिति : २०७६ माघ ६, सोमबार १८:५१
प्रकासित समय : १८:५१
सर्लाही,प्रहरीले बेवारिसे अवस्थामा भेटिएका मयुरका पँखेटा बरामद गरेको छ ।

ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा तीन पोका मयुरका पँखेटा बरामद गरेको जनाइएको छ ।
डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजे पनि सीमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद गरिएका मयुरका पँखेटाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

