पशुपति क्षेत्रका पसल तथा टहरा हटाउन कोषको ; निर्देशन

काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्र बनाइएका अव्यवस्थित टहरा तथा फूल–मालाका पसलहरु हटाउन पुनः निर्देशन दिएको छ ।

कोषले मापदण्ड विपरित सडकमा हिड्नै असर पर्नेगरी राखिएका टहरा हटाउन दोस्रो पटक निर्देशन दिएको हो ।कोषका सदस्य सचिव प्रदीप ढकालले खबरहबसँग कुरा गर्दै भने, ‘कोषले एकसाताभित्र हटाउन लागि माघ १ गते सूचना प्रकाशन गरेको थियो । यो अवधिसम्म पनि खाली नभएपछि पुनः आज अर्को सूचना जारी गरेको हो ।’

ढकालकाअनुसार सडक व्यवस्थापनका लागि हटाउनुपर्ने टहराहरु २ सयको हाराहारीमा रहेका छन् । कोषको निर्देशन पछि केही व्यापारीहरुले सामान सार्न थालेको उनले जानकारी दिए ।यहाँबाट हटाइएकाहरुलाई प्राथमिकताका आधारमा वनकालीमा राखिने उनले जानकारी दिए । कोषले ७० वटासम्म पसल राख्न मिल्ने गरी वनगणेशमा (वनकाली)मा व्यवस्था गरिरहेको छ ।