नया सभामुख चयनका लागि माघ १२ गते निर्वाचन
प्रकासित मिति : २०७६ माघ ६, सोमबार १५:३४
प्रकासित समय : १५:३४
काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।
सोमबार(आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने बारे दलहरुबीच सहमति भएको हो ।समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए । उनले भने ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ ।’
सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।सभामुखका लागि सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने आजै उपसभामुख शिवमाया तुम्बाहाङ्फेल पदबाट राजीनामा दिएकी छिन् । एकै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था रहेको छ ।