हाम्रो महानअविश्रान्त यात्रा
संक्रमणकाल छ सर्बत्र अहिले
चिन्तन मनन समृद्धिको जहिले ।
राजनीतिक स्वतन्त्रताको खातिर
बलिदानद्वारा ल्यायौं गणतन्त्र आखिर ।
याद गरौं क्रान्तिको बेला उरालेको नारा
अबश्यै परिवर्तन गर्छौं भने थ्यौं नि सारा ।
न्यायपूर्ण सामाज र स्वाभिमानको सपना
राष्ट्रियता, लोकतन्त्र र जीबिकाको जपना ।
सहिदहरुको त्याग अनि बलिदानको गाथा
बिर्सिएका त छैनौं नि१ कठोर यातनाका कथा ।
ल्यायौं गणतन्त्र अनि लोकतान्त्रिक ब्यवस्था
फेरिदै छ कि उस्तै छरुहाम्रो लोकको अवस्था ।
लक्ष उदेश्य हाम्रो सुशासन अनि सदाचार हो
उखेनल्न नै गाह्रो भो गहिरो जरा भ्रष्टाचारको ।
पुरानै चेतनाबाट कहाँ आउला ररुसामाजबाद
कहिले केन्द्रियता प्रधान हुन्छ त कहिले जनबाद ।
बनाउदै मा कहाँ हुन्छ ररु नयाँ नयाँ नीति
व्यबहारमा लागु गरौं सच्च्याऔं रीति स्थिति ।
मनको मैलो तनको मैलो फालौँ मैलो पूरा
यथा स्थितिले यथा कामले लक्ष्य नबनोस अधुरा ।
दृढ भई संगठित हौं सिद्धान्तऔ बिचारको रसीमा
जाँच्दै जाऔं हेर्दै अघि बढौं व्यबहारको कसीमा ।
लेखक नेकपाका नेता तथा जाजरकोटका पुर्व सासंद हुन ।