घरबाट सुर्खेत जान्छु भनि हिडेका वडा अध्यक्ष कसरी पुगे भारतको बहराईच ?
काठमाडौं, घरबाट सुर्खेत जान्छ भन्दै हिडेका कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिएका हुन् ।
मंगलबार सुर्खेत मेहेलकुना जाने भनि घरवाट हिडेका खडका भारतको एक होटलमा मृत भेटिएका हुन् ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य समेत रहेका खड्काको भारतको बहराईचस्थित एक होटलमा मृत अवस्थामा भेटिए पछि घटना संकास्पद देखिएको छ ।
मंगलबार बिहान ७ बजे घरबाट निस्किएकोमा बुधबार दिउँसो भारतको बहराइचमा रहेको शंकर होटलको बन्द कोठामा शव भेटिएको छ।
घटना बारे बुझ्नका लागि बुधबार कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका नेता अपरान्ह ३ बजे बहराइच पुगेको प्रहरीले जनाएको छ । उक्त घटनामा सम्वन्धमा गरिएको प्ररारम्भीक अनुसन्धानको क्रममा सुर्खेत जान्छु भनी घरबाट हिडेका अध्यक्ष मंगलबार बिहान १० बजेर १४ मिनेटमा नेपालगञ्जको जमुनहाबाट भारत तर्फ लागेको सिसि क्यामरामा देखिन्छ ।
भारतको बहराइचमा रहेको शंकर होटेलमा बुधबार अपरान्ह सम्म कोठाको ढोका बन्द रहेको र कोही नबोलेपछी होटेल सञ्चालकले भारतिय प्रहरीलाई बोलाएर भारतिय प्रहरीले नै उक्त होटेलको कोठाको ढोका फोडेर हेर्दा अध्यक्षको शब फेला परेको बताइएको छ ।
त्यहां कुनै सोसाइट नोट नभेटिएको र के कसरी मुत्यू भयो ? यस बिषयमा बहराइच स्थित अस्पतालमा शब पोष्ट मार्डमको लागि राखिएको छ भने भारतिय प्रहरीले प्ररारम्भीक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
उक्त घटनापछी बुधबार नै बांकेका माननिय सांसद महेश्वर गहतराज लगायतको टोली घटनास्थलमा पुगेर फर्किएको छ भने आज बिहिबार नेपाल प्रहरी भारतिय प्रहरीको सहयोगमा आज फेरि त्यस तर्फ गएर आवश्यक प्रक्रिया पुरा गरि शब लिएर आउने बताइएको छ ।

