किन गरिन् मुख छोडेर गायिका आस्था राउतले प्रहरीलाई गाली ?
प्रकासित मिति : २०७६ माघ २, बिहीबार १०:४६
प्रकासित समय : १०:४६
काठमाडौं, गायिका आस्था राउतले मुख छोडेर प्रहरीलाई गाली विवादमा तानिएकी छन्।
आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई गाली गरेकी हुन् ।
उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको भिडियोमा बोलेकी छन्। उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ।
उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक संञ्जजालमा भाइरल भएको छ। उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ।

