विप्लव नेकपाद्धारा ललिता निवासको जग्गा कब्जा गरेको घोषणा
प्रकासित मिति : २०७६ माघ २, बिहीबार १०:२१
प्रकासित समय : १०:२१
काठमाडौं, विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ ।प्रतिबन्धित विप्लव नेकपाले बुधबार साँझ एक व्यानर राखेर ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको हो ।
विप्लव नेकपाले जारी गरेको व्यानरमा ललिता निवास किन कब्जा गर्नुपरेको भन्ने व्यहोरा उल्लेख गरिएको छ । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ । सरकारी जग्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको यो समूहको सूचनामा उल्लेख छ ।
ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको विष्फोट पनि आफैंले गराएको विप्लव नेकपाको दाबी छ । ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा विस्फोट गराएको थियो ।