अज्ञात समुहद्धारा गाउँपालिकामा राखिएका कुर्चिहरु जलाएर नष्ट
प्रकासित मिति : २०७६ माघ १, बुधबार १८:४७
प्रकासित समय : १८:४७
अछाम, अछामको बान्निगढी जयगढ गाउँपालिकाले पुस २९ गते हुने भनिएको सार्वजनिक सुनुवाई लागी गाउपालिकाको अतिथि भवनको प्राङ्गणमा राखिएका कुर्चिहरु अज्ञात समुहले जलाएर नष्ट वनाएको छ ।
मगलबार वर्षातका कारण सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएपछि कुर्चिहरु उक्त प्राङ्गणमा मै राखिएको थियो ।
कुर्चिहरु नष्ट भएको वारे वुधवार विहान मात्रै गाउपालिकालाई खवर भएको थियो ।
कुर्चिहरु नष्ट भएपश्चात गाउपालिका प्रमुख राजेन्द्र खडका र प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढुङ्गानाले अनुगमन गरि अनुसन्धान प्रकृया अगाडि वढाईएको बताए ।
प्रहरीले घट्नावारे सुक्ष्म अनुसन्धान प्रकृया वढाएको जनाएको छ । हाल सम्म उक्त घटनाको जिम्मा कसैले पनि लिएको छैन ।