प्रहरीको मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु

तनहुँ, तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए।

उनका अनुसार सो ट्रकमा देवघाटको मेलामा थप मद्दतका लागि पोखराको १ नम्बर गणका टोली फर्कंने क्रममा दुर्घटना भएको हो। माघ १ गते देवघाटमा ठूलो मेला लाग्ने गर्छन्।