महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा

मोरङ, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग सहमति भइसकेको बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले नेता पौडेल र सिटौला समूहको बहिष्कारबीच ०७७ फागुन ७–१० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो।

असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो,’ देउवाले भने, ’ देउवाले भने, ‘तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुन्छ।’

बहुमतको निर्णय अनुसार कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको अधिवेशन ०७७ मंसिर ९ गतेबाट सुरु हुनेछ।

गत आइतबारमात्रै देउवाले नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटी केन्द्रीय समितले बहुमतबाट गरेका निर्णय सच्याउन आफू तयार रहेको बताएका थिए। प्रनितिधिसभामा सभामुख चयन प्रक्रिया सुरु नगरिए संसद चल्न नदिने देउवाले बताए।