भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेट
प्रकासित मिति : २०७६ माघ १, बुधबार १७:१६
प्रकासित समय : १७:१६
काठमाडौँ, स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।बुधबार पौडेलले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका सिंहसँग भेट गरेका हुन्।
भेटमा नेपाल र भारतबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्। दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ।
स्वास्थ्य उपचारका लागि सोमबार पौडेल नयाँ दिल्ली पुगेका थिए।