भन्सार छलेर ल्याइएका १० लाख मूल्यका मोबाइलसहित २ जना पक्राउ
प्रकासित मिति : २०७६ माघ १, बुधबार १५:२८
प्रकासित समय : १५:२८
काठमाडौं, भन्सार छलेर ल्याएका मोबाइलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
नेपाल–भारत नाकाबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ३० थान मोबाइलसहित इलाका प्रहरी कार्यालय बनेपाले २ जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार फक्राउ पर्नेमा बनेपा बसपार्कस्थित ब्रदर्श मोबाइल सञ्चालकका सुनिल खनाल र सुदीप खनाल छन् ।
उनीहरुले भन्सार छलि गरेर १० लाख रुपैयाँ मूल्य बराबरका मोबाइल ल्याएका देखिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।