सहकर्मीको निधनले शोकमा समाबेशी प्यानल

नेपालगञ्ज, बाँके घरवारी टोलस्थित कमल ट्रेर्डसका सन्चालक युवा व्यवसायी भरत कडायतको निधनले बाँकेका उद्योगी व्यवसायीलाई स्तब्ध बनाएको छ ।उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगन्जका सक्रिय व्यवसायी कडायतको निधनले स्तब्ध बनाएको हो ।

सोमवार कडायतको निधन भएको थियो । आज मंगलवार बर्दियामा उनको अन्त्येष्टि गरिएको छ ।

कडायतको निधनले शोकमा रहेका समावेशी प्यानलका उम्मेदवारले नेपालगञ्जका उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि मंगलवार प्रचार प्रसार र घरदैलो अभियान रोके ।

अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना लगायत सम्पूर्ण उम्मेदवार बर्दियामा उनको मलामीमा पुगे । अध्यक्ष पदका उम्मेदवार मन्सुरीले कडायतको निधन एकदै अकल्पनीय र दु:खद भएको बताए ।