बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, बाजुरा केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

केन्द्रका अनुसार जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरा र आसपासको जिल्लामा महसुश भएको थियो ।