प्रहरीलाई देख्दा छाउगोठमा बसेका महिलाले यसरी कसे टाप
अछाम, महिलाहरुलाई मासिक धर्म भएको समयमा छाउगोठमा राख्दा महिलाहरुले ज्यानै गुमाउने गरेका घटना घट्दै गएकाले जिल्लामा पछिल्लो पटक गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरीको सक्रिएतामा छाउगोठ भत्काउने काममा तिव्रता दिईएको छ ।जिल्लाभर प्रहरी र स्थानिय जनप्रतिनिधिको सक्रिएतामा गएको पन्ध्र दिनको समयमा एक हजार ५ सय छाउगोठहरु भत्काईएको हो ।
छाउगोठ भत्काउने अभियानमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक भारती आफैं खट्ने गरेका छन । उनी बिहान देखि राति अवेर सम्म छाउगोठ भत्काउन खटिने गरेका छन्।
डिएसपी भारती शनिबार जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको बारला र लयाटी पुगि छाउगोठ भत्काएर फर्किएका छन्। दिनभर बारलामा छाउगोठ भत्काउन ब्यस्त रहेका भारती साँझ ७ बजेतिर लयाटीस्थित तप्सी टोलमा पुग्दा छाउगोठमा बसिरहेका महिलाहरुको भागाभाग भएको छ। छाउगोठमा बसेर खाना खाईरहेका महिलाहरु प्रहरी देख्नासाथ पक्राउ पर्ने डरले भागेका हुन।
महिलाहरु भागेपछी प्रहरीले केहीबेर सोधिखोजी गरेको थियो। महिलाहरु भागेर घरमा गएको बुझिएपछी छाउगोठ भत्काएर डिएसपी भारती सहितको प्रहरी टोली सदरमुकाम फर्किएको छ।
जिल्लाका स्थानीय तहहरुले पनि छाउगोठ भत्काउन सक्रियता देखाएका छन। अछाममा छाउगोठमै अहिलेसम्म १४ जना महिलाले ज्यान गुमाएका छन।
अछामलाई फागुन महिनाभित्र छाउपडी गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी अहिले छाउगोठ भत्काउने अभियान तीव्र पारिएको छ।
जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका छन्।
यस्तो छ १५ दिनको अवधिमा भत्काईएका छाउगोठको विवरण :
साफेबगर नगरपालिका : ३३३
कमलबजार नगरपालिका : ५३
पन्चदेवल बिनायक नगरपालिका : १४९
ढकारी गाउँपालिका : ३०६
तुर्माखाद गाउँपालिका : ३१०
मेल्लेख गाउँपालिका : १९३
रामारोशन गाउँपालिका : ८९
चौरपाटी गाउँपालिका : ६५
बान्निगढी जयगढ गाउँपालिका :२०