कुपिण्डेमा आगलागिबाट एक घर जलेर नस्ट, ५० लाख बराबरको क्षति
प्रकासित मिति : २०७६ पुस २७, आईतवार २०:५९
प्रकासित समय : २०:५९
सल्यान, सल्यानमा एक घरमा आगलानी हुँदा घर जलेर नष्ट भएको छ।जिल्लाको बनगाड कुपिन्डे नगरपालिका-१० का चन्द्रबहादुर बुढाको घरमा आगलागी भएको हो।
आइतबार दिउँसो भएको आगलागीबाट घरका रहेका लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको पीडित बुढाले बताए। आगलागीबाट एक लाख ५० बराबरको क्षति भएको छ।
घर पूर्ण रूप जलेपछि बुढाको परिवार आफन्तको घरमा बसेका छन्। स्थानीयले आगो नियन्त्रणमा लिए पनि घरमा बस्ने अवस्था नभएको उनको भनाइ छ।