रोजगारीका लागि कतार गएका ६० हजार नेपाली फर्किए

काठमाडौं,कतार सरकारले रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ ।कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको संख्या घटेको छ ।

यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख ४१ पुगेको तथ्यांकमा जनाएको छ । गत वर्षको तुलनामा कतारबाट करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएको तंथ्याकमा उल्लेख छ ।कतारको गृह मन्त्रालयको तंथ्याकअनुसार कतारबाट सन् २०१९ मा करिब ६० हजार नेपाली श्रमिक स्वदेश फर्किएका छन्

।नेपाल सरकारको बिगत ४ वर्षअघिको तथ्यांकले पनि कतार जाने नेपाली श्रमिकको संख्या गत वर्षको तुलनामा न्यून रहेको देखिन्छ ।मलेसिया रोजगारी बन्द भएपछि कतार जाने नेपाली संख्या बढेको थियो । तर, हाल मलेसिया संञ्चालन भएपछि कतार जाने संख्यामा गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाली श्रमिकको मलेसियापछि रोजगार गन्तव्यमा कतार पर्छ ।