उद्योग बाणिज्य संघको चुनावी रौनक,अध्यक्षका लागि चुन्नाको उम्मेदवारी

नेपालगञ्ज,नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्नाले शनिबार उम्मेदवारी दर्ता गराएका छन ।

समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिजय संघको कार्यालय पुगेर चुन्नाले उम्मेदवारी दर्ता गराएका हुन ।

जुलुसमा बाणिज्य संघका बर्तमान अध्यक्ष नन्दलाल बैश्य, पूर्ण अध्यक्ष तथा बर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पुर्ब अध्यक्ष दामोदर आचार्य लगायत ठुलो समूहमा उद्योगी ब्यवसायी सहभागी थिए । आचार्यले नेपालगञ्जको उद्योगी ब्यवसायीको हकहितका लागि चुन्ना नेतृत्वको प्यानलको विकल्प नभएको बताए । 

उक्त प्यानलबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल तथासदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल,  बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटले पनि उम्मेदवारी दर्ता गराएका छन  ।  

त्यस्तै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको तर्फबाट ललितकुुुमार रौनियारले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन ।