आमासंगको अवैध सम्बन्ध लुकाउन छोराले गरे बाबुको हत्या

भोजपुर, भोजपुरमा एक युवाले आफ्नो सौतेनी आमासंगको अवैध सम्बन्ध लुकाउन बाबुको ज्यान लिएका छन् ।भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले सौतेनी आमासंग मिलेर आफ्ना बुवाको ज्यान लिएका हुन् ।

उनको सौतेनी आमा ५६ वर्षीया कर्णशोभा संग अवैध सम्बन्ध रहेको खुलेको छ । दुई जना मिलेर ८८ वर्षीय दलबहादुर राईको ज्यान लिएको खुलेको हो ।

घटना केही समय अघिको हो । लावारिस रुपमा फेला परेको शवका बारेमा अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले शवको प्रकृति हेर्दा शंकास्पद लागेपछि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए ।

आमा-छोरा मिलेर बृद्धको हत्या गरेर अरु दुई जनाको सहयोगमा शवलाई ठेगान लगाएको बयान प्रहरी सामु दिएका छन् । स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा हालेर फाल्न लगाएको प्रहरी सामु वयान दिएका हुन् ।

सौतेनी आमा र छोराबीचको अवैध सम्बन्धका कारण बृद्ध विकको ज्यान लिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट खुलेको डिएसपी सलामीले बताए । कान्छी श्रीमती कर्णशोभा सँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्क विहीन थिए ।