पार्टी एकता पुसभित्र नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा
प्रकासित मिति : २०७६ पुस २६, शनिबार ११:०४
प्रकासित समय : ११:०४
भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।

राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए ।
अध्यक्ष थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।’ अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी कांग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको बताए ।

