मौसम बदली – मध्य र पूर्वी भूभागमा हल्का वर्षा हुने

काठमाडौं- देशका पूर्वी र मध्य पहाडी भूभागमा आज मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । काठमाडौँ उपत्यकामा अहिले बिहानको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

 शनिबार

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आईतबार

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।