भारतीय भन्सारले रोक्यो नेपालको प्रशोधित पाम आयल
प्रकासित मिति : २०७६ पुस २५, शुक्रबार ०९:०४
प्रकासित समय : ०९:०४
भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट आर्थात् बिहीबारदेखि नै नेपालबाट त्यसको निकासी रोकिएको छ ।वीरगञ्ज भन्सारबाट बिहीबार जाँचपास भएको प्रशोधित पाम आयल भारतीय रक्सौल भन्सारले रोकेको छ ।
जोगबनीस्थित भारतीय भन्सारले पनि नेपाली पाम आयल भारत छिर्न दिएन ।बिहीबार अपरान्हसम्म जाँचपास भएकोमा साझ उद्योगीहरुले निकासी रोकिएको भन्दै तेल फिर्ता ल्याउने निवेदन दिएको वीरगञ्ज भन्नसार भ्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए ।
भारतीय भन्सारले रोकिदिएपछि उद्योगीले नाकामा रोकिएको तेल फिर्ता ल्याउन अनुमतिका लागि भन्सारलाई निवेदन दिएका हुन् । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्मा र अमप्रकाश खनालले लेखेका छन् ।