अध्यक्ष सेजुवालले गरे निमार्णधिन योजनाहरुको अनुगमन
प्रकासित मिति : २०७६ पुस २४, बिहीबार २०:४४
प्रकासित समय : २०:४४
कालिकोट,कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकामा निमार्णधिन योजनाहरुको अवलोकनका साथै अनुगमन गरेका छन । पचालझरना गाउँपालिका भित्रका बिभिन्न निमार्णधिन योजनाहरु अनुगमन गरेका हुन ।
अध्यक्ष सेजुवालले वडा ४ साल्थे मर्म सिचाई कुलो र फडेच्छा हाइटेक नर्सरीको बिशेष अनुगम गरेको वडा नं ४ का अध्यक्ष अनरुप रोकायले जानकारी दिए ।
रोकायका अनुसार अध्यक्ष सेजुवालले अनुगमन गर्नुका साथै योजनाहरु समयमै पुरा गर्न निर्देशन समेत दिएको बताइएको छ । अध्यक्ष सेजुवालले पछिल्लो चरणमा गाउँपालिकाका बिभिन्न योजनाहरु अनुगमन गर्ने गरेकाे बताइएकाे छ ।