बाँकेका शाह मुस्लिम संगठनको केन्द्रीय सचिवालयमा
प्रकासित मिति : २०७६ पुस २४, बिहीबार ११:०३
प्रकासित समय : ११:०३
बाँके, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट भातृ संगठन मुस्लिम संगठनको केन्द्रीय समिति सचिवालयमा बाँकेका हलिम शाह मनोनीत भएका छन । पछिल्लो चरणमा बसेको बैठकले शाहलाई मनोनीत गरेको हो ।हाल नेकपा बाँके जिल्ला कमिटी सदस्य समेत रहेका शाह २०५२ सालदेखि अर्घाखाँचीको बिकट गाउको कमला मा.बिको अनेरास्ववियुको सचीव भएर राजनीति सुरु गरेका थिए ।
शाह बाँकेमा बिगत लामो समय देखी राजनितीमा क्रियाशिल रहदै आएका नेता हुन । मुस्लिम संगठनको केन्द्रिय अध्यक्ष सेराज फारुकी रहेका छन ।