वडा कार्यालयमा भेटिएको कुकर बम निष्क्रिय

सिन्धुली,नेपाली सेनाको बम डिस्पोजल टोलीले सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको छ ।

सो गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा बुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले बिहीबार निष्क्रिय पारेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिए ।

उनले निष्क्रिय टोली सदरमुकाम आएपछि थप जानकारी आउने बताए । सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन । कार्यालयमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।